Breaking News
मलेसियाबाट आयो ८ नेपालीको शव र १६ नेपालीको अस्तु
०

काठमाडौं, ५ भदौ – वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत रहँदा ज्यान गुमाएका ८ कामदारको शव आज काठमाडौँ आइपुगेको छ । अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको अनुसार अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको छ ।

रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर उनीहरूले ज्यान गुमाएकाको थिए । दाहसंस्कार त्यहीं गरिएकाले उनीहरूको अस्तु मात्रै नेपाल ल्याइएको हो । केहीले भने मलेसियामै रहँदा कोरोना सङ्क्रमणका कारण ज्यान गुमेकाका कारण उनीहरूको अस्तु मात्रै नेपाल ल्याइएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























