Breaking News

परीक्षा लिन छापिएको करोडौंको प्रश्नपत्र अलपत्र

Banner

काठमाडौँ, भदौ ५ – कक्षा १० को परीक्षाका लागि छापिएको करोडौं प्रश्नपत्र अलपत्र भएका छन्।

कक्षा १० को नियमित पुरक तर्फको परीक्षाका लागि छापिएको २ करोड २० लाख ५७ हजारको प्रश्नपत्र अलपत्र परेको छ । उक्त प्रश्नपत्र छपाइपछि प्याकिङ सहितको २ करोड २० लाख रुपैयाँ सामग्री केन्द्रलाई भुक्तानी भइसकेको छ । प्रतिगोटा ३ रुपैयाँ ८५ पैसाको दरले जनक शिक्षा सामग्री केन्द्रले ५० लाख ७० हजार  प्रश्नपत्र छापेको थियो ।

प्रश्नपत्र छापेर प्याकिङ सहितको रकम भुक्तानी भइसकेपछि तत्कालिन केपी शर्माओली सरकारले कोरोना महामारीलाई देखाउँदै कक्षा १० को परीक्षा रद्द  गर्दै विद्यालयको मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेपछि करोडौं रुपैयाँको प्रश्नपत्र अलपत्र परेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>