समाज

होटलमा महिलाको भिडियो खिच्ने ४ युट्युबर पक्राउ

Banner

काठमाडौं,भदौं ४-

झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर पक्राउ परेका छन् । एक पुरुष र २ महिलाले खाजा खाइरहेको बेला भिडियो खिची युट्युब र टिक्टकमा अपलोड गरेर चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एकजना रहेका छन् । केही युट्युबर भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।उनीहरूले होटलमा प्रवेश गरी खाजा खाइरहेको बेला अनधिकृत रूपमा भिडियो खिचेर युट्युबबाट चरित्र हत्या गरेको उजुरीपछि पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालय अनारमनि झापाका प्रमुख डिएसपी सन्तोष आर्चायले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>