Breaking News

थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि, २६ को मृत्यु

Banner

काठमाडौँ, भदौ ४ – स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३०४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २६ जनाले ज्यान गुमाएका छन् ।    १७ हजार ६५४ जनामा परीक्षण गर्दा ३०४२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै २२४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म संक्रमितमध्ये ६ लाख ९३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् भने मृतकको संख्या १० हजार ४५५ पुगेको छ । त्यस्तै हाल देशभर ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४४ हजार ३०७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७९ हजार ३४० जना पुगेको छ। ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>