Breaking News
सभामुख नआएपछि धर्ना छाडेर हिँडे एमाले सांसद्
०

काठमाडौं, भदौ ४ – सभामुख अग्नि सापकोटा कार्यालयमा नआएपछि नेकपा एमालेका सांसदहरु सभामुखको च्याम्बरमा जारी धर्ना स्थगित गरेर हिँडेका छन् ।
सभामुखको कार्यालयमा धर्ना दिनका लागि एमाले सांसद गोकुल बाँस्कोटा, शान्ता चौधरी, धनमाया थापा, लालबाबु पण्डित सहित एक दर्जन सांसद सिंहदरबारस्थित पुगेका थिए । तर डेढ घण्टा बढी कुर्दा पनि सभामुख नआएपछि उनीहरु धर्ना छाडेर हिँडेका हुन् ।
यसअघि बिहीबार पनि पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न दवाव दिँदै एमाले सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका थिए । तर सो क्रममा एमाले सांसदहरुले सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाएपछि चर्काचर्की नै भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























