समाचार
झण्डै डेढ लाख नगद र लागुऔषध सहित एक युवक पक्राउ
०

धनगढी , भदौ ४ – कञ्चनपुरबाट झण्डै डेढ लाख नगद र लागुऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१२ ऐरीबाट सोही ठाउँका २० वर्षीय सुदर्शन भारती रहेका छन् ।
भारतीको साथबाट एक लाख ४१ हजार नगद, १४.६७ ग्राम लागुुऔषध खैरो हिरोइन र ८.५० ग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताएका हुन् । न्यौपानेका अनुसार भारतीलाई समेत नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























