समाचार
बुद्धको मुर्तिसहित बर्दियाबाट ५ जना पक्राउ
बर्दिया । बुद्धको मुर्तिसहित ५ जना पक्राउ परेका छन् ।
गुलरिया नगरपालिका-७ स्थित बिजय गेष्ट हाउसको कोठा नम्बर ३२८ बाट ७ किलो ७ सय २ ग्राम तौल भएको बुद्धको मुर्तिसहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त गेष्ट हाउसमा पुरातत्विक वस्तु (सयौं वर्ष पुरानो बहुमूल्य धातुको बुद्धको मुर्ति) करोडौं रुपैयाँमा किनबेच गरिरहेका भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त मुर्ति सहित ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका-७ बस्ने ४० वर्षीय निराजन उप्रेती, ३४ वर्षीय उज्वल रोकाय, ३४ वर्षीय अमृत राई, ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका-२ बस्ने २९ वर्षीय मग बहादुर नेपाली रहेका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

























