Breaking News

हामी लाग्यौँ भने माधव नेपालको पार्टी बन्दैन, फुटाउन लाग्नेहरूलाई महंगो पर्छः ओली

Banner

काठमाडौं,भदौं ३-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनमा लाग्नेहरूलाई महंगो पर्ने चेतावनी दिएका छन्। बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले एमाले विभाजनमा लाग्नेहरूलाई महंगो पर्ने चेतावनी दिएका हुन्। नेकपा एमाले अचानक बनेको होइन। यो जनताको पक्षमा काम गर्ने एकमात्रै पार्टी हो। एमाले खरानीको डल्लो होइन। विभाजन गर्न खोज्ने सरकारमा रहेको गठबन्धनलाई महंगो पर्छ ओलीले भने।

नेकपा एमालेले चुनाव गरायो भने दुई तिहाई ल्याउँछ भन्ने लागेर जालझेल गरेर सरकारबाट हटाएको आरोप ओलीले लगाए। परमादेशको सरकारले ४० प्रतिशतबाट घटाएर २० प्रतिशत ल्याए। संसदीय दल र केन्द्रीय समितिमध्ये जहाँ भए पनि हुने रे। हामीले अलिकति मेहनत गर्ने हो भने त्यो २० प्रतिशत पनि १० प्रतिशतमा झर्छ, तिनको पार्टी दर्ता हुन पनि पाउँदैन ओलीले भने।

गठबन्धनको सरकार जालझेल बाहेक जनताप्रति कुनै एजेण्डा नभएको आरोप उनले लगाए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>