Breaking News
एमाले फुटेपछि ओली र माधवले आज पहिलो पटक सम्बोधन गर्दै
०

काठमाडौँ, भदौ ३ – औपचारिक रुपमा नेकपा एमाले विभाजन भएपछि आज पहिलो पटक फरक फरक पार्टी केपी शर्मा ओली र माधव नेपालले सम्बोधन गर्दै छन् ।
अध्यक्ष ओलीले बिहीबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको आयोजनामा भक्तपुरको चुनदेवीमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दैछन् । त्यस्तै बुधबार मात्रै एमालेबाट छुट्टिएर नेकपा एमाले समाजवादी पार्टीको अध्यक्ष बनेका नेता नेपालले काठमाडौंमा हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।
एमाले वरिष्ठ नेताको हैसियतमा देखिएका नेपालले आजबाट नेकपा एमाले समाजवादीको हैसियतमा सम्बोधन गर्न लागेका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘समाजवादी केन्द्र नेपाल’ को आयोजनामा हुने उक्त कार्यक्रममा नेता नेपालसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले पनि सम्बोधन गर्दै छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























