Breaking News

अहिलेको अध्यादेश ओली सरकारले ल्याएजस्तो होइन,आकाश–जमिनको फरक छः प्रचण्ड

Banner

काठमाडौं,भदौं ३–

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको अध्यादेशको बचाउ गरेका छन । समाजवादी केन्द्रले आज बिहीवार काठमाण्डौमा गरेको कार्यक्रममा प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र मास्ने हिसाबले अध्यादेश ल्याएको आरोप लगाउँदै अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश भने लोकतन्त्र बचाउनका लागि आएको जिकिर गरे ।

ओली सरकारले दल फुटाउन सहज हुने गरी ल्याएको अध्यादेश र अहिलेको सरकारले ल्याएको अध्यादेशलाई एउटै हिसाबले बुझ्न नहुने प्रचण्डको भनाइ छ । पहिलेको र अहिलेको अध्यादेशमा आकाश–जमिनको फरक रहेको प्रचण्डको जिकिर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>