Breaking News
माधव नेपाल बाहिरिँदैमा एमाले समाप्त पार्ने योजना सफल हुँदैनः ईश्वर पोखरेल
०
काठमाडौं,भदौं ३-
कोही नेता पार्टीबाट बाहिरिँदैमा एमाले समाप्त पार्ने योजना सफल नहुने नेकपा एमालेका नेता ईश्वर पोखरेलले बताएका छन्। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले नयाँ पार्टी दर्ता गरेसँगै उनले सामाजिक सञ्जालमार्फत एमालेमा आएको विभाजनलाई ‘अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम’ भनी टिप्पणी गरेका छन्।
लामो इतिहास बोकेको पार्टी एक बनाउन गरिएका सबै प्रयास केही सीमित व्यक्तिका कारण सफल हुन नसकेको उनको भनाइ छ। ‘पार्टीलाई एक ढिक्का बनाउन यस बीचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको छ,’ उनले लेखेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























