चितवन विशेष
देवघाटको पुलबाट हामफालेर एक वेपत्ता, पुलछेउमा भेटियो बेबारिसे मोटरसाइकल
०

चितवन,भदौं २-
देवघाटधामको झोलुङ्गे पुलबाट हाम फालेर एक जना वेपत्ता भएका छन । बुधबार साँझ ६ः४० बजे भरतपुर महानगरपालिका १ देवघाट स्थित चितवन र तनहुँ जोड्ने सो पुलको विच भागबाट पहिचान नखुलेका एक पुरुषले हाम फालेका थिए । घटना भएको थाहा पाएपछि गएको रबर बोट सहितको प्रहरी टोलीले खोजतलास गरेको थियो । बुधबार ९ बजेसम्म वेपत्ता पुरुषलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
सो झोलुङ्गे पुल नजिक प्रहरीले बेबारिसे अबस्थामा प्रदेश ३–०२–०१० प २८२३ नम्बरको मोटरसाइकल फेला पारेको छ । सो मोटरसाइकलका बारेमा जानकारी भएकाले सम्पर्क राख्न चितवन प्रहरीले अनुरोध गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























