Breaking News
चितवन प्रशासनको आदेश उल्लंघन गरी पसल खोल्ने १९ व्यावसायी प्रहरी नियन्त्रणमा
०

चितवन, साउन २ –
चितवन प्रशासनको आदेश उल्लंघन गरी पसल खोल्ने १९ व्यावसायीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जवी शर्माको नेतृत्वमा निस्केको प्रहरी र सशस्त्र प्रहरीसहितको अनुगमन टोलीले १९ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्य थापाले ८ जना महिला र ११ जना पुरुषलाई नियन्त्रणमा लिइएको जनाए । उनीहरुलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको र सम्झाई बुझाई गरी आजै छाड्ने तयारी भएको उनले बताए ।
तोकिएको समयबाहेकका समयमा पसल सञ्चालन गर्ने जो कोहीलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताउँदै प्रवक्ता थापाले प्रशासनको आदेश पालना गर्न सबैसँग आग्रह गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























