Breaking News

दल विभाजन अध्यादेशबारे गगन थापा भन्छन्,– हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत

Banner

काठमाडौं, भदौ २ –

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याउन लागेको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गरेका छन् ।

संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको भन्दै उनले विरोध जनाएका छन् ।

अहिलेको सरकारले ल्याएको अध्यादेशको समर्थन गर्ने भए केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने उनको भनाइ छ ।

सामाजिक सन्जालमा थापाले लेखेका छन्, ‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत ।’

उनी थप लेख्छन्, ‘हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन/हुँदैन । समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।’

साथै उनले ओलीले ल्याएको अध्यादेशको समर्थन गर्नेहरुलाई अहिले अध्यादेशको विरोध गर्ने हक नभएको पनि बताएका छन् ।

‘गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन/हुँदैन । विरोध गर्ने भए त्यतिबेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयले आजै जारी गर्ने तयारी थालेको छ । मंगलबार अध्यादेश शितल निवास पुगेको थियो । तर कार्यव्यस्तताको कारण देखाउँदै राष्ट्रपतिले हिजो जारी गरिनन् ।

आज स्वभाविक प्रक्रिया अनुसार नै अध्यादेश जारी हुने राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए । उनले भने–‘सरकारले पठाएका अध्यादेश जारी गर्नु राष्ट्रपतिको संवैधानिक दायित्व हो। सोहीअनुसार स्वभाविक प्रक्रियामा जान्छ । आजै जारी हुने सम्भावना छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>