Breaking News
ओलीले एकताको ढोका बन्द गरे, सुध्रिए भने चुनावमा सिट बाँड्न सकिन्छः नेपाल
०

काठमाडौं,भदौं १-
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको ढोका बन्द गरेको बताएका छन्। आफूनिकट जनवर्गीय संगठनहरुको कार्यक्रमलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै नेता नेपालले भने, ओलीले पार्टी एकता चाहेनन्। अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरणसँग सहकार्य गरेर अघि बढ्छौँ।
उनले अहिले नयाँ दल दर्ता गरेपनि अरु पार्टीसँग एकीकरण गर्ने पक्षमा नरहेको बताए। ओलीकै कारणले पार्टी विभाजनको मोडमा पुगेको बताउँदै ओली सुध्रिए भने फेरि एकता हुनसक्ने र चुनावी तालमेल गर्न सकिने स्पष्ट पारे। ओलीले पार्टी एकताको ढोका बन्द गरेको उनको भनाइ छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























