Breaking News
माधव नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्काशन गर्ने एमालेको निर्णय
०

काठमाडौं,भदौं १-
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय गरेको छ। मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्य नरहने गरि निष्काशन गरेको हो।
उनीहरुलाई कारबाही गरेको पत्र निर्वाचन आयोग र संसद सचिवालयलाई जानकारी गराइएको छ। कारबाहीमा परेका नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























