धार्मिक/सांस्कृतिक

दक्षिण एशियाकै दोस्रो ठूलो सिद्धगुफा निर्माणका लागि सहयोग

Banner

दमौली, भदौ १ – गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले दक्षिण एशियाकै दोस्रो ठूलो भनिएकोे सिद्धगुफा अवलोकन गर्नुभएको छ । सोमबार अवलोकन गर्नुभएका उहाँले बन्दिपुर गाउँपालिका–४ बिमलनगर नजिकैको गुफा अत्यन्तै आकर्षक, ऐतिहासिक, कलात्मक र सडक पहुँचबाट नजिक रहे पनि प्रचारप्रसारको कमीले ओझेलमा परेको बताउनुभयो । मन्त्री कँडेलले गुफा नजिकै रहेको भगवान् शिवको मूर्ति स्थापना गर्न प्रदेशबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
पृथ्वी राजमार्गको डुम्रेबाट दुई किलोमिटर पूर्व र समुद्री सतहबाट ६०० मिटरमाथि रहेको गुफा विसं २०४४ चैत १३ मा स्थानीयवासीले पत्ता लगाएका थिए । गुफा करिव तीन हजार ५०० वर्ष पुरानो मानिएको छ ।
यसैगरी बिमलनगरस्थित रक क्लाइम्बिङ पनि अवलोकन गर्नुभएका उहाँले साहसिक खेलबाट पनि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>