Breaking News
काबुलबाट अमेरिकाले उद्धार गरेको १ सय १८ नेपाली ओर्लिए काठमाडौं
०

काठमाडौं , भदौ १ – अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका १ सय १८ नेपाली कामदार आज काठमाडौं आइपुगेका छन् । उनीहरुलाई कुवेतबाट चार्टर्ड जहाजमा काठमाडौं ल्याइएको परराष्ट्र मन्त्रालय जानकारी दियो ।
उनीहरू मंगलबार बिहान १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । कुबेतबाट चार्टड फ्लाइटमार्फत उनीहरू नेपाल आइपुगेका हुन् । अमेरिकाले आफ्नो खर्चमा उद्दार उडानमार्फत नेपालीलाई काठमाडौं ल्याएको हो । कामदारलाई
उद्धार गरेर ल्याइएका नेपाली अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























