Breaking News

चितवनमा जोरबिजोर उल्लंघन गर्ने ७७ सवारी कारबाहीमा

Banner

चितवन, साउन ३२
चितवनमा जोरबिजोर प्रणाली उल्लंघन गरी चलाइएको ७७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज सोमबार बिजोर नम्बरका ७७ वटा सवारीलाई कारवाही गरिएको हो । आज जोर गते भएकाले जोर नम्बरका सवारीमात्र चलाउने दिन हो ।

कारवाही गरिएका सवारी साधनमध्ये दुई पाङ्ग्रे सवारी ४६ वटा, तीन पाङ्ग्रे सवारी.१६ वटा, ठूला सार्वजनिक सवारी ४ वटा र साना ४ चक्के सवारीहरु ११ वटा रहेका ट्राफिक कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>