Breaking News

प्रदेश २ का प्रमुख राजेश बर्खास्त, सरकारद्वारा नयाँ नियुक्तिका लागि हरिशंकरलाई सिफारिस

Banner

काठमाडौैं, साउन ३२

प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज (झा) लाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्दै नयाँ नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सरकारले झालाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको हो । झालाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

महोत्तरीको पिपरा गाउँपालिकाका मिश्र नेपाली काँग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् । २०१५ सालमा बीपी कोइराला नेतृत्वको सरकार हुँदा स्वर्गीय रामनारायण मिश्र उद्योग मन्त्री रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>