Breaking News

त्रिविको परीक्षा नरोकिने,कक्षा १२ को परीक्षाको अन्योल कायमै

Banner

काठमाडौं,साउन ३१-

आजबाट हुने भनिएको कक्षा-१२ को परीक्षाको अन्योलता कायमै रहेको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाबारे केही निर्णय लिन सकेको छैन्। कोरोनाले रोकिएको कक्षा-१२ को परीक्षा भौतिक उपस्थितिमै आजबाट सञ्चालन गर्नेगरी बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको थियो। तर बोर्डले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि साउन २३ गते अर्को सूचना प्रकाशित नहुञ्जेल सम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले परीक्षा रोक्न बोर्डलाई प्रस्ताव गरेको थियो। रोकिएको परीक्षा बारे बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने,‘समय परिस्थिति नराम्रो भएकाले परीक्षा रोकिएको हो,अब शिक्षा मन्त्री आउँला,अनि सल्लाह गरेर निर्णय लिइन्छ,अहिले केही तयारी छैन।’

उनका अनुसार परीक्षा जसरी भए पनि लिइने छ। त्यसका लागि तयारी जारी राख्न परीक्षार्थीलाई उनको आग्रह छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भने सार्वजनिक भइसकेको त्रिवि अन्तर्गतका स्नातक र स्नातकोत्तरको वार्षिक परीक्षा नरोक्ने निर्णय गरिसकेको छ। त्रिविका अनुसार भदौ ५ गतेसम्मको परीक्षा रोकिने छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>