Breaking News

चितवनमा निषेधाज्ञा एक गतेदेखि कडा गरिँदै : के खुल्ने के नुखल्ने ?

  • Logo
    app haru
  • ३१ श्रावण २०७८, आइतबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, साउन ३१
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न चितवनमा जारी गरिएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ ।

आज आइतबार एक आदेश जारी गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लम्ब्याइएको जानकारी दिएको हो ।

प्रशासनले साउन ३२ गते राति १२ बजेदेखि लागु हुने गरी जिल्लास्थित सरकारी कार्यालयहरु मध्ये बढी भीडभाड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र यातायात व्यवस्था कार्यालयको अत्यावश्यक तथा आन्तरिक कार्यबाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

चितवनमा निषेधाज्ञा थप कडा बन्दै : भीडभाड हुने सरकारी कार्यालय एक गतेदेखि बन्द

बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन गर्न पाइने भए पनि घरघरमा गएर रकम संकलन गर्ने तथा समूह भेला गर्ने कार्य गर्न पाइने छैन ।

होटल/लजहरु कुल कोठा संख्याको एक तिहाई संख्या नबढ्ने गरी सञ्चालन गर्न पाइने छ । कोठाहरु दैनिक निसंक्रमण गर्नु पर्ने प्रशासनको आदेशमा उल्लेख छ ।

यस्तै निजी तथा सार्वजनिक सवारी साधनको हकमा जोर गते जोर नम्बर र विजोर गरे विजोर नम्बर मात्रै सञ्चालन गर्न पाइने छ । सवारी साधनको ढोकामा स्यानीटाइजर राख्नुपर्ने र सबैले मास्क लगाउनु पर्ने छ । सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन ।

यस्तै औषधि, अक्सिजन सिलिण्ड तथा स्वास्थय सामग्री सम्बन्धी पसल, एग्रोभेट, बीउबिजन, रासायनिक मल र भेटेनरी औषधि पसल दैनिक पूर्णरुपमा सञ्चालन गर्न पाइने छ ।

यस्तै खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछारमासु, अण्डा, चल्ला, दाना, खाना पकाउने ग्याँस सम्बन्धी पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।

यस्तै अन्य पसल तथा होटलहरु आइतबार, मंगलबार र बिहिबार दिउँसो १२ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने यसअघिको आदेशमा उल्लेख छ ।

संक्रमण दर घटबढ भएमा आदेशमा भएका कुराहरु जुनसुकै समयमा पनि पुनरावलोकन गरी निषेधाज्ञामा थपघट गर्न सकिने तर्फ सचेत गराउँदै प्रशासनले सबैलाई स्वास्थ्य मापदण्ड अपनाएर काम गर्न र अनावश्यक काममा बाहिर ननिस्कन आग्रह गरेको छ ।

अन्य निर्णयहरु जान्न तल उल्लेखित प्रशासनको आदेश पढ्नुहोस्, :

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>