चितवन विशेष
राष्ट्रिय जनस्वास्थ्यकर्मी संघको अध्यक्षमा अधिकारी चयन

चितवन,साउन ३१-
चितवनमा पहिलो पटक राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ गठन भएको छ । जनस्वास्थ्यकर्मीको आज भरतपुरमा भएको भेलाले खैरहनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख समेत रहेका जनस्वास्थ्य अधिकृत अनुप अधिकारीको अध्यक्षतामा संघ गठन गरिएको हो । नेपाल निजामती कर्मचारी संगठनको सभाहल, भरतपुरमा भएको अधिबेशनले ७ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो । संघको उपाध्यक्षमा नबराज भट्टराई, सचीव देबराज रेग्मी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा गुरु प्रसाद कँडेल ,तोयानाथ दुवाडी र चन्द्र वहादुर हमाल चयन भएका छन् । एक जना सदस्य भने मनोनीत गरिने नवगठित संघका अध्यक्ष अधिकारीले बताए । यसअघि संघ प्रदेश र संघमा मात्र थियो । संघले जनस्वास्थ्य मापदण्ड, जनस्वास्थ्यका नियम कानुन, पेशागत हकहित, प्रवर्धनात्मक कार्य, प्रतिकारातमक कार्य लगायत काम गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।


























