Breaking News

कोरोना संक्रमितको संख्या चितवनमा हालसम्मकै उच्च बिन्दुमा,साउनयता चार हजार ७ सय संक्रमित

Banner

चितवन,साउन ३१ –

कोरोना संक्रमितको संख्या चितवनमा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ तर भीडभाड भने सामान्य अवस्थामा हुँदाको जस्तै बन्न थालेको छ । राजनैतिक दलका गतिविधि जारी छन् । सहर बजारतिर जेनतेन मास्क लगाउने गरे पनि गाउँघरमा बिनामास्क नै हिँडडुल, जमघट हुने गरेको छ । स्वास्थ्य अधिकारीहरू गाउँ सहर जताततै कोरोना संक्रमण पुगेको बताउँछन् ।

‘भीडभाड बढेर नै संक्रमण बढेको हो । बजार तिर मास्क लगाउने चलन कायम छ । तर गाउँतिर नलगाउनेहरू धेरै भेटिन्छन् । यो पटक संक्रमण गाउँ सहर जताततै पुगेको छ । भीडभाड गाउँतिर पनि हुने नै भयो,’ चितवन स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले भने । स्वास्थ्य कार्यालयका अनुसार साउनयता शुक्रबारसम्म चितवनमा चार हजार ७ सय २५ जना संक्रमित थपिएका छन् । कोरोना संक्रमण सुरु भएयता महिना दिनमै संक्रमित भएको उक्त संख्या अहिलेसम्मकै बढी हो । यसअघि वैशाखमा ४ हजार १ सय ७७ जना संक्रमित भएका थिए । चितवनमा संक्रमित हुने कुल संख्या हालसम्म २२ हजार ८ सय ३४ पुगेको छ ।

गत वर्षको साउन महिनामा जम्मा १ सय ५ जना संक्रमित भएका थिए । त्यसपछि संक्रमण बढेको भनेर गत वर्षको भदौ १ गतेदेखि जिल्लाभर निषेधाज्ञा लाग्यो । निषेधाज्ञाका बीचमा पनि गत वर्षको कात्तिकमा पहिलो लहरको सबैभन्दा धेरै २ हजार १ सय ५८ जना संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘गत वर्ष अहिलेको तुलनामा संक्रमितहरू निकै कम थिए । तर मान्छेहरू कोरोनाबाट जोगिन खोज्थे । अहिले संख्या अति नै छ । त्यो अनुरूपको सजगता देखिँदैन । साउन अन्तिमसम्म यसपटक एकै महिनामा ५ हजार बढी संक्रमित हुने खतरा छ,’ स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीले भने ।कान्तिपुर देनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>