चितवन विशेष
भरतपुरको हाकिमचोकमा मास्क वितरण गर्दै सचेतना कार्यक्रम
०

चितवन, साउन ३०-
भरतपुरको हाकिमचोक क्षेत्रमा मास्क वितरण गरिएको छ ।
लायन्स क्लब अफ भरतपुर र लिओ क्लब अफ भरतपुरको सहकार्यमा आज सडकका यात्रुहरुलाई मास्कको महत्वबारे सचेतनामूलक कार्यक्रम गरेर मास्क वितरण गरिएको हो ।
अभियानमा ‘आफू, आफ्नो परिवार र समाजलाई महामारीबाट सुरक्षित गराउन सामाजिक दूरी कायम गरौं, माक्स तथा सेनिटाइजर अनिवार्य प्रयोग गरौं, सभ्य र सचेत नागरिकको परिचय दिन कोरोनाबाट बचौं र बचाऔं’ भन्दै सचेतना दिइएको लियो क्लब अफ भरतपुरकी उपाध्यक्ष शिला न्यौपानेले नारायणी अनलाइनलाई बताइन् । क्लबका सदस्यहरुले ‘तपाइँको मास्क खोइ ? अनिवार्य मास्क लगाऔं’ लगायतका व्यानर तथा प्लेकार्ड बोकेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























