Breaking News
पाल्पामा बाबुले स्याल मार्न ताकेको गोली लागेर आफ्नै छोराको मृत्यु
०

बुटवल, साउन ३०
पाल्पामा बाबुले चलाएको बन्दुकको गोली लागेर आफ्नै छोराको मृत्यु भएको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याल मार्न हानेको गोली लागेर छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई ताकेर हान्न खोज्दा घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका धनबहादुरलाई लागेर मृत्यु भएको हो ।
गोली चलाउने कर्णबहादुरलाई बन्दुकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी कार्यालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























