Breaking News
लुम्बिनीको मुख्यमन्त्री बनाउन केसीको पक्षमा ४२ जनाको हस्ताक्षर
०

बुटवल, साउन २८
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेस गरेका छन् ।
आफ्नो समर्थनमा प्रदेशसभाका ४२ सदस्यको ४२ सांसदको हस्ताक्षरसहित केसीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।
उनको पक्षमा नेकपा माओवादी केन्द्रका १९, नेपाली काँग्रेसका १८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरेका छन् ।
लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट केसीको पक्षमा स्पष्ट बहुमत देखिएको छ । त्यसैले प्रदेश प्रमुख शेरचनले केसीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नेछन् । आजै सपथ ग्रहण गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने केसीको तयारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























