चितवन विशेष

न्यू क्यापिटल कलेजबाट प्लस टु पास भएकामध्ये २५ प्रतिशत विद्यार्थी छात्रवृत्तिमा छनोट

Banner

– विनय आचार्य

चितवन, साउन २६
पूर्वि चितवनको टाँडीमा रहेको न्यू क्यापिटल कलेजबाट प्लस टु पास गरेका विद्यार्थीहरुमध्ये २५ प्रतिशत विद्यार्थी स्नातक तह अध्ययन गर्न छात्रवृत्तिमा छनोट भएका छन् ।

२०७७/०७८ सालमा लिइएको एमबिबिएस, बीइ, फरेस्टी, एजी र भेटको प्रवेश परीक्षामा न्यू क्यापिटल कलेजबाट प्लस टु पास गरेका १३२ जना विद्यार्थीमध्ये ३३ जना पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न छनोट भएका कलेजले जनाएको छ ।

कलेजका अनुसार २ जना एमबिबिएस, १० जना बिई, १४ जना एजी, ४ जना फरेस्टी, १ जना बी फार्मेसी, १ जना बीएससी नर्सिङ्ग अध्ययनका लागि छात्रवृत्तिमा छनोट भएका छन् ।

कलेजले उनीहरुलाई बधाइ ज्ञापन गर्दै क्यापिटल कलेजमा सिकेका सञ्चार, आत्मविश्वास, संयोजन, रचनात्मकता र आलोचनात्मक चेतनालाई घनिभूतरुपमा हृदयङ्गमा गरी अलग पहिचानसहित समाज र देश सेवामा समर्पित हुन प्रेरणा मिलोस भन्दै शुभकामना व्यक्त गरेको छ ।

साथै विद्यार्थीहरुलाई विगत १० वर्षदखि सफलताको शिखर चुम्नको लागि योग्य बनाउने कलेजका पर्दा पछाडिका हिरोहरु प्रति पनि कलेजले आभार प्रकट गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>