Breaking News

शैक्षिक गुणस्तर वृद्धिको लागि भरतपुर महानगरले दियो ५ स्कुल बस

Banner

चितवन, साउन २६ –

भरतपुर महानगरपालिकाले ५ सामुदायिका विद्यालयहरुलाई बस हस्तारन्तरण गरेको छ ।

आज महानगरभित्र रहेका नारायणी नमुना मा.वि, कविलाश मा.वि, भिमनगर मा.वि, प्रभात मा.वि र लक्ष्मी मा.विलाई महानगरले बस हस्तान्तरण गरेको हो ।

शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई बस सहयोग गरेको महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताएकी छन् । महानगरले चार वर्षको दौरानमा विद्यालयका भौतिक संरचनाहरु तर्फ विशेष जोड दिदँै दाहालले भनिन्, महानगरले विद्यालयको शैक्षिक गुणस्तर मात्रै नभई भौतिक पूर्वाधारमा पनि विकास गर्दै गएको छ ।

पछिल्लो समय महानगरभित्र भएका सामुदायिक विद्यालयहरुले विकासको फट्को मार्दै गएको उनले दाबी गरेकी छन् । महानगरले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर संगसंगै भौतिक पूर्वाधारमा पनि जोड दिएको उनले बताइन् । यस्तै कार्यक्रममा बोल्दै नारायणी नमुना मा. वि का प्रधानध्यापक पूर्णप्रसाद दवाडीले महानगरलाई धन्यवाद दिएका थिए । महानगरले बस सहयोग गरेर विद्यालयको शैक्षिक गुणस्तर उठाउन खोजेको दवाडीले भने । जसले गर्दा विद्यालयमा विद्यार्थीको संख्या बढ्नुको साथै उनीहरुको पठनपाठनमा समेत टेवा पुग्ने उनले बताए ।

भिमनगर मा.विका प्रधानाध्यापक कोमलनाथ घिमिरेले बस सहयोगले विद्यार्थीको संख्या बढाउने, शैक्षिक क्षेत्रका अपेक्षालाई पूरा गर्न मद्दत गरेको बताए । बस सहयोगले विद्यार्थीको मनोवैज्ञानिक संगसंगै गुणस्तर शिक्षा दिलाउन सहयोग गर्ने घिमिरेको भनाइ थियो ।

महानगरभित्रका सामुदायिक विद्यालयमा हाल ५ हजार ६ सय विद्यार्थी संख्यामा वृद्धि भएको छ । शैक्षिक प्रशासन शाखाको आयोजनामा गरिएको कार्यक्रममा विद्यालय व्यवस्थापनका अध्यक्ष र विद्यालय प्रमुखहरु लगायतको उपस्थित रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>