Breaking News

लुम्बिनीका मुख्यमन्त्री शंखर पोखरेलले दिए राजीनामा

Banner

बुटवल, साउन २७ –

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनअघि नै पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा पत्र बुझाएका थिए ।

सरकार अल्पमतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो । विपक्षी दलका ३४ प्रदेशसभा सदस्यको समावेदनअनुसार प्रदेश प्रमुख शेरचनले बुधबार दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका थिए ।

संसदीय दलको बैठक सकिएपछि पोखरेलले मुख्यमन्त्री निवासमै मन्त्रिपरिषद् बैठक पनि बोलाएका थिए । बैठकमा पनि मन्त्रीहरूको सुझाव सुनेका मुख्यमन्त्री पोखरेलले त्यसलगत्तै प्रदेशप्रमुख शेरचनसमक्ष राजिनामा दिएका हुन् । लुम्बिनी प्रदेशसभामा ८७ सदस्यीय रहेकोमा अहिले ८० सदस्य छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>