Breaking News

१४ औं महाधिवेशन सार्नेबारे देउवाको आफुनिकट नेताहरूसँग छलफल

Banner

काठमाडौं, साउन २६ –

 प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन सार्नेबारे नेताहरूसँग छलफल गर्न सुरु गरेका छन् । १४ औं महाधिवेशनबारे आज बूढानीलकण्ठमा शुरू भएको छलफलमा देउवानिकट पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी रहेको थियो । बैठकमा देउवाले भदौ १६ मा महाधिवेशन उद्घाटन हुने अवस्था नरहेकाले विकल्पबारे सुझाव दिन आग्रह गरेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौ २३ भित्रै महाधिवेशन गर्नुपर्ने माग राखेको बेला देउवाले आफ्नो समूहको रणनीति बनाउन छलफल थालेका हुन् । क्रियाशील सदस्यता विवाद टुंगो लगाउन जिम्मेवारी पाएका शीर्ष नेताहरुले पनि आज बैठक बस्ने भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>