Breaking News

म प्रधानमन्त्री बन्न नभई देशको सेवाको निम्ति जन्मिएको हो: ओली

Banner

काठमाडौं, साउन २६ –

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु देशको सेवाको निम्ति जन्मिएको बताएका छन् । उनले आफू प्रधानमन्त्री बन्न नजन्मिएको बरु देशका सेवा गर्न जन्मिएको बताएका हुन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले आफू देशको सेवाका निम्ति जन्मिए पनि काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको बताए ।

‘म यो देश र यस देशको सेवाको निम्ति जन्मिएको जस्तो ठान्छु’, ओलीले भने, ‘म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री भएँ ।’ उनले ६४ वर्षको उमेरसम्म प्रधानमन्त्री नभएको स्मरण गर्दै अनेक जालझेल र तिकडमका बीच पनि दुई पटक प्रधानमन्त्री बनेको बताएका छन् ।

उनले विगतमा आफूले जस्केलाबाट नभई मूलढोकाबाट सरकारमा आउने स्मरण गरेको भन्दै असाधारण जनमतका साथ फेरि पनि सत्तामा आउने जिकिर गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>