Breaking News

एमाले अध्यक्ष ओली भ्रष्टाचारीका महानायक: रमेशजंग रायमाझी

Banner

काठमाडौं, साउन २६ –

नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली भ्रष्टाचारीका राजनेता र भ्रष्टाचारका महानायक भएको आरोप लगाएका छन् । आज राष्ट्रियसभामा एमाले सांसद खिमलाल भट्टराईको भनाइको खण्डन गर्दै कांग्रेस सांसद रायमाझीले केपी ओली भ्रष्टाचारीका राजनेता, भ्रष्टाचारका महानायक भएको भनिएको खण्डमा स्वीकार्न सकिने बताएका हुन् । भट्टराईले ओलीलाई राजनेताको संज्ञा दिँदै कांग्रेस र माओवादी केन्द्रबारे टिप्पणी गरेका थिए ।

भट्टराईले कांग्रेस कुइराको काग भएको, विचारका दृष्टिले मृतप्रायः रहेको र माओवादी केन्द्र वैशाखीको खोजीमा रहेको भनी टिप्पणी गरेका थिए । ‘संसद विघटन गरेर संसद समाप्त गर्ने महानायक, भ्रष्टाचारका महानायकले त्यो कदम चालेपछि सांसदहरु बाध्य हुनुभयो नयाँ सरकार बनाउन । यो अवस्था कसले ल्यायो ? हामीले ल्याएको हो ?’ उनले भने । भ्रष्टाचारका महानायक, भ्रष्टाचारी राजनेता भन्नुस् म स्वीकार्न तयार हुन्छु । भ्रष्टाचारीलाई राजनेता भन्ने ? उनले प्रश्न गरे ।

ओली नेतृत्वको सरकार भ्रष्टाचार गर्नमा लागेको र असंवैधानिक शासन चलाउन उद्धत भएपछि बाध्य भएर कांग्रेस सरकारको नेतृत्व गर्न जानु परेको उनले बताएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>