चितवन विशेष

चितवनको नारायणी पब्लिक कलेजमा पहिलो पटक सीए परीक्षाको सेन्टर तोकियो

Banner

भरतपुर, साउन २६ –

भरतपुर महानगरपालिका ११ स्थित नारायणी पब्लिक कलेजमा चार्टर एकाउन्टेन्ट (सीए) सेन्टर स्थापना भएको छ । जिल्लामा नै पहिलो पटक नारायणी पब्लिक कलेजमा सीए परिक्षाको सेन्टर तोकिएको हो।

नेपाल चार्टर एकाउन्टेन्टका परीक्षा संयोजक सनोज भट्टाराईले सीए सेन्टर स्थापना भएसँगै चितवनमा सीए अध्ययन गर्न चाहने विद्यार्थीको संख्या बढ्ने विश्वास व्यक्त गरे । उनले सीए बन्न इच्छुक विद्यार्थीहरुले घरमा नै बसेर सजिलै परीक्षा दिन पाउने हुनाले सिए प्रतिको आकर्षक बढ्ने बताए ।

नारायणी पब्लिक कलेजका अध्यक्ष एवं प्रवन्धन निर्देशक तथा परिक्षा सेन्टरका केन्द्राध्यक्ष राजेश्वर खनालले सीएका लागि काठमाडौं नै जानु पर्ने वाध्यता अन्त्य हुने बताएका हुन् । कलेज र नेपाल चार्टर एकाउन्टेन्ट संस्था बीच ३ वर्षका लागि परिक्षा केन्द्रको सम्झौता भएको उनले जानकारी दिए ।

परीक्षा केन्द्र तोकिएसंगै आजैबाट परीक्षा सुरु भएको छ । क्याप वानमा ५२ तथा टुमा ३१ जना विद्यार्थी सहभागी हुँदैछन् । परिक्षा भाद्र २ गते सम्म संचालक हुदैँछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>