Breaking News

चितवनको वागीश्वरीका गाईलाई ५६ प्रकारका भोजन (फोटो/भिडियो)

Banner

चितवन,साउन २५-

चितवनको वागीश्वरीमा रहेका स्थानीय प्रजातिका गाईलाई ५६ भोग लगाइएको छ । नेपालमा नै पहिलो पटक महेश्वरी समाजले स्थानीय प्रजातिको गार्ईलाई ५६ प्रकारका भोजन गराएको हो । मारवाडी समूह अन्तर्गतको मध्यमाञ्चल माहेश्वरी समाजले चितवनको भरतपुर–१ वागीश्वरीमा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका गाईलाई ५६ प्रकारको खाना खुवाएको छ ।

सखर, काजु, किसमिस, नरिवल, रसवरी, जेरी, पुरी, खिर सहितका विभिन्न ५६ परिकारका परिकार बनाएर गाईको विशेष पूजा गर्दै भोजन गराएको समाजका मध्यमाञ्चल अध्यक्ष सोहनलाल डागाले बताए ।

हिन्दु धर्म शास्त्रअनुसार गाईमा ३३ कोटी देवताको बास हुन्छ भन्ने शास्त्रीय मान्यताका कारण हिन्दुहरुले हरेक कर्महरुमा गाईको गोबर, गहुँत, दूध प्रयोग गर्ने चलन छ । गाईको सेवा गर्ने र गाईलाई नियमित भोजन गराउन सके कहिल्यै पनि दुख भोग गर्न पर्दैन भन्ने शास्त्रीय मान्यता रहेकोले मारवाडी सामजले गाईको वर्षौँदेखि सेवा गर्दै आएकोमा आइतबार श्रावणी औँसीको अवसर पारेर गाईलाई ५६ भोग लगाएको डागाले बताए ।

धार्मिक कर्महरुमा भगवानलाई ५६ भोग लगाएर आफैले खाने चलन रहेकोमा भगवानको स्वरुप गाईलाई ५६ भोग लगाएर खुवाउनुपर्छ भन्ने मान्यताका साथ वागीश्वरीका १५० बढी गाईलाई खाना खुवाइएको कार्यक्रम संयोजक नारायण लखौटियाले बताए । पण्डित विष्णुकान्त काफ्लेले गाबद्र्धन पूजा गर्दा ५६ प्रकारको भोग लगाएर प्रसाद बाँडेर खाने चलन रहेको र अहिले गाईलाई खुवाउँदा स्वयम् भगवानलाई खुवाए सरह धर्म मिल्ने बताए । यो कर्मले लोकमा शान्ति हुने रोगव्याधी हरण हुने शारीरिक रक्षा हुने उनको भनाइ छ ।

कार्यक्रममा मारवाडी समाजका सल्लाहकार उमाशंकर अग्रवालले गाईको नियमित स्याहार सुसार गर्न सकेको खण्डमा अक्षय पूण्य प्राप्त हुने बताए । गौ सेवा ५६ भोग कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष शैलेन्द्रकुमार पिया, गौ संरक्षण केन्द्रका संयोजक रामप्रसाद ओस्ती, योगी पिताम्बरलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण मारवाडी युवा चन्दन अग्रवालले गरेका थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>