चितवन विशेष
नारायणी नदीमा पौडी खेल्ने क्रममा एकको मृत्यु
०

चितवन,साउन २३-
नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का २७ वर्षीय रञ्जन आचार्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नदीमा डुबेर स्वास्थ्य अवस्था गम्भीर भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज साँझ ४ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























