चितवन विशेष

भरतपुरको रमाईलो चोकदेखि ज्ञानदर्शन चोकसम्म ढलसहितको कालोपत्रे सडक

Banner

चितवन,साउन २३-

भरतपुर १० स्थित रमाईलो चोकदेखि ज्ञानदर्शन चोकसम्मको सडक कालोपत्रे भएको छ । संघिय सरकारबाट त्रिबर्षिय योजना अन्तर्गत सडक कालोपत्रे तथा ढल ब्यवस्थापनको लागि विनियोजीत कुल ६७ लाख रुपैयाको लगानीमा सडक कालोपत्रे गरीएको हो । प्रतिनिधी सभा सदस्य तथा चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोख्रेलको सहजीकरण र रमाईलोचोकदेखि ज्ञानदर्शन चोकसम्मको ढल तथा सडक निर्माण समितीको सक्रियतामा कुल ३ सय ४२ मिटर सडक कालोपत्रे तथा ४९० मिटर स्लावसहितको ढल निर्माण गरी शुक्रबार उद्घाटन गरिएको छ ।

पोख्रेलको मुख्य प्राथमिकतारहेको यो आयोजना सम्पन्नहुँदा आफ्नो ८ बर्षअधिको सपना पुरा भएको बताएका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अब बिगतका बर्षहरुमा बर्षायामको समयमा सर्वसाधरणले खेप्दै आएको सास्तीबाट मुक्त भएको बताए । उनले आफ्नो क्षेत्रमा बिकास निर्माणका कार्यहरु धेरै बाँकी रहेको भन्दै आम सर्बसाधरणले यसतर्फ सक्रियता बढाए आफु पनि हरतरहले पहल गर्न तयार रहेको बताए ।

सोही अबसरमा बोल्दै भरतपुर महानगरपालिकाका वडा नं. १० का वडा अध्यक्ष तथा महानगर प्रवक्ता अरुणपिडीत भण्डारीले स्थानियहरुको मेहनत र सक्रियतामा सडक निर्माण कार्यले पुर्णता पाएको भन्दै निर्माण समितीलाई धन्यवाद दिए । कार्यक्रमका सभाध्यक्ष तथा सडक निर्माण समितीका अध्यक्ष राजेन्द्र तिमिल्सिनाले कार्यसमिती सदस्य, उपभोक्तालगाएत हरेक क्षेत्रबाट सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>