Breaking News

पवित्र स्थल देवघाटमा गाँजाखेती, प्रहरीद्वारा फडानी

Banner

– सुवास लामिछाने 

प्रहरीले देवघाट गाँउपालिका ५ मा अवैध रुपमा लगाएको गाँजा फडानी गरी नष्ट गरेको छ ।

देवघाट गाँउपालिका ५ सेतीभतेरिको निजी एवं सार्वजनिक स्थानहरुमा रोपिएको तथा उम्रिएका करिव ५०० वटा गाजाका बोटहरु प्रहरी एवं स्थानीय युवाहरुको सहभागितामा नष्ट गरिएको हो ।

ईलाका प्रहरी कार्यालय देवघाट इन्चार्ज प्रहरी नायव निरीक्षक सुशील लामिछानेको नेतृत्वमा स्थानीय युवाहरु सहितको सहभागितामा सो परिणामका बोटहरु फडानी गरी नष्ट गरिएको हो ।

देवघाट गाँउपालिका लागु औषध ,कुलत र दुब्र्यसनी भयावह स्थितिमा पुग्न सक्ने भन्दै बेलैमा ध्यान दिन जरुरी रहेको ईलाका प्रहरी कार्यालय देवघाट प्रहरी नायव निरीक्षक सुशील लामिछानेले  बताउनुभयो ।

प्रहरी अनुसन्धानमा प्रयोगकर्ता र लागुऔषध कारोवार गर्ने गिरोह अत्याधिक सक्रिय बनिरहेकाले कुनै पनि निकायको एक्लो प्रयासले रोकथाम वा न्यूनिकरण सम्भव नहुने लामिछानेले बताउनुभयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरीले स्थानीय निकाय, विद्यालय, समुदाय लगाएतसँग समन्वय गरी यसको रोकथामका प्रयास थालिने उहाँले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>