Breaking News

सौराहमा मोटरसाइकले पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकलमा सवारको मृत्यु, पैदलयात्री घाइते

Banner

चितवन, साउन २३
रत्ननगरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार राती रत्ननगर नगरपालिका–१ सौराहाचोक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार रत्ननगर–१२ निवासी सन्देश चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

सौराहातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ८९३१ नम्बरको मोटरसाईकलले पैदलयात्रुलाई ठक्कर दिई विपरित दिशातर्फबाट आइरहेको ना १ ज ४८५९ नम्बरको ट्याक्सीमा ठोक्किएको थियो ।

मोटरसाइकलको ठक्करबाट रत्ननगर १ निवासी कृष्णलाल श्रेष्ठ सामान्य घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>