Breaking News

कक्षा १२ को परीक्षाको विषयमा छलफल गर्न एनइबीको बैठक बस्दै

Banner

काठमाडौं, साउन २३
कक्षा १२ को परीक्षाको विषयमा छलफल गर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को बैठक बस्ने भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेपछि आज शनिबार बोर्डको बैठक बस्न लागेको हो ।

परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि ९ दिनसम्म गर्ने सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्ने योजना बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>