Breaking News

चितवन माडीका ५ हजार सुकुम्बासीलाई जग्गा बाँड्न लागेपछि प्रचण्ड आत्तिएः महेश बस्नेत

Banner

चितवन,साउन २३-

नेकपा एमालेका नेता बहेश बस्नेतले चितवन माडीका ५ हजार सुकुम्बासीलाई जग्गा बाँड्न लागिएका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्तिएर सुकुम्बासी आयोग खारेज गर्न लगाएको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय युवा संघको कार्यक्रममा बोल्दै उनले एमालेकै वरिष्ठ नेता माधव नेपालले पनि मनोहरा बस्तीमा रहेका सुकुम्बासीहरुलाई जग्गा बाँड्न लागिएपछि विरोध गरेको भनी आलोचना गरेका छन् ।

‘चितवनको माडी एरियामा जहाँ कमरेड प्रचण्डको क्षेत्र पर्छ । त्यहाँ ५ हजार सुकुम्बासीले जग्गा पाउँनेवाला थिए। उहाँलाई लाग्यो, माडी एरियाका ५ हजार सुकुम्बासीहरुले जग्गा पायो भने अब आउँदो चुनाव मेरो पत्तासाफ हुन्छ । यस्ता स्वार्थका कारणले आज सुकुम्बासीहरुमाथि दमन गरिँदैछ’ उनले भने । यस्तै स्वार्थ एमालेकै वरिष्ठ नेता माधव नेपालको पनि रहेको उनले बताए। ‘मनोहरा क्षेत्र जहाँ मेरो निर्वाचन क्षेत्र र कमरेड माधव नेपालको सनर्वाचन क्षेत्र पर्छ । त्यहाँ ७१२ घर छन । त्यहाँ सुकुम्बासीले जग्गा ओगटे भनेर निकै ठूलो टाउको दुखाइ थियो उहाँहरुको’ नेता बस्नेतले भने ।

उनले सुकुम्बासीहरुको आन्दोलनमा सुकुम्बासीहरु मात्रै नगएको पनि प्रष्टीकरण दिएका छन् । ‘युवासंघको जुलुसमा आधा जति मात्रै सुकुम्बासी हुन । अरु एकेवद्धता जनाउन गएकाहरु हुन’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>