मकवानपुर

माओवादी केन्द्रका नगर सचिवालय सदस्य एमालेमा प्रवेश

Banner

हेटौंडा,साउन २३-

नेकपा माओवादी केन्द्रका हेटौंडा नगर सचिवालय सदस्य विशाल तितुङ्ग नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रबेश गरेका छन । हेटौंडा १५ का नेता तितुङ्ग जनयुद्ध कालदेखि माओवादी केन्द्रमा सक्रिय रुपमा काम गर्दै आइरहेका थिए । नेता तितुङ्गलाई नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले एमाले पार्टी कार्यालय सानोपोखरामा टीका र माला लगाएर स्वागत गरे ।

स्वागत कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य सुनिल मोक्तान, नवीन सिग्देल, जिल्ला कमिटी सदस्य तथा युवा संघका स्थाइ कमिटी सदस्य सन्तोष चौलागाईं, एमाले जिल्ला कमिटि सदस्य शिबहरि दाहाल, युवा संघ मकवानपुर अध्यक्ष लक्ष्मण उप्रेती, एमाले जिल्ला कमिटी सद्स्यहरु इन्द्रमान लामा, बिश्व राइ, सानू लामा, चन्द्र शाही, कृष्ण लामिछाने, एमाले नगर अध्यक्ष शालिकराम पुडासैनी, सचिन लामा, प्रेस चौतारी नेपाल मकवानपुरका सहसंयोजक पुष्पराज अधिकारी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

एमाले प्रवेश गरेको तितुङले आफुले माओवादी परित्याग गरि पार्टीको मुलधारमा आएको बताए । उहाँले कम्युनिस्ट आन्दोलनलाई अझ बलियो बनाउन नेकपा एमालेमा प्रवेश गरेको र एमालेको बिचार र सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडी बढने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>