Breaking News
कक्षा १२ को परीक्षा स्थगित हुँदै,भोलि निर्णय हुने
०

काठमाडौं,साउन २२-
कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । परीक्षा आउन ९ दिनमात्र बाँकी रहँदा कक्षा १२ को परीक्षा स्थगित हुने भएको हो ।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षाको मिति पुनरवलोकन गर्न भन्दै सीसीएमसीमा पत्र पठाएको थियो । सोही आशयको पत्र राष्ट्रिय परीक्षा बोर्डमा पठाएको सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले जानकारी दिए ।
सीसीएमसीले परीक्षा स्थगित गरी नयाँ मिति तय गर्न आग्रह गर्दै बोर्डलाई पत्र पठाएको छ । यसका लागि बोर्डमा भोलि बैठक बस्दैछ । बोर्डले ३१ साउनदेखि ९ भदौसम्म परीक्षा गर्ने मिति तय गरेको थियो । पाँच दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमितको संख्या बढ्न थालेकोले तत्काल परीक्षा गर्न नसकिने आशयको अभिव्यक्ति दिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























