Breaking News

साउन महिना पछाडि कोरोना संक्रमितको संख्या घट्दै जाने : स्वास्थ्य मन्त्रालय

Banner

काठमाडौं, साउन २१ –

साउन महिना पछाडि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ ।

साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको मन्त्रालयले यो संख्या घट्दै गएर मंसिर महिनासम्ममा २५ हजार पुग्ने प्रक्षेपण गरेको हो ।

स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले आज संसदको शिक्षा स्वास्थ्य समितिमा पेश गरेको विवरणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५ सय ९७ र भदौ महिनामा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिने जनाइएको छ । मंसिर महिनामा यो संख्या अझै घटेर २५ हजार १८३ पुग्ने सम्भावना रहेको लोहनीले बताएका छन् ।

साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको लोहनीले पेश गरेको विवरणमा उल्लेख छ । खोपले गर्दा पनि कोरोना संक्रमितको संख्या घट्दै गएको मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>