Breaking News
संसद् विघटनमा ओली मात्रै जिम्मेवार थिएनन्– नारायणकाजी श्रेष्ठ
०

काठमाडौं,साउन २०-
नेकपा माओवादी केन्द्रका नेता एवम् राष्ट्रिय सभा सदस्य (सांसद) नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा २–२ पटक विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी ओली मात्रै जिम्मेवार नभएको टिप्पणी गरेका छन्।
एउटै कार्यकालमा २–२ पटक संसद विघटन हुनुमा एक वा अर्को रुपमाु त्यस अगाडिका सरकार र नेताहरु पनि जिम्मेवार रहेको श्रेष्ठको भनाइ छ। बुधबार राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले भने, ‘यो मुलुकको यो बेहालका निम्ति त्यो प्रवृत्ति (केपी ओली मात्रै) जिम्मेवार छैनन्। सबै राजनीतिक पार्टीहरु, नेताहरु, योभन्दा अगाडि विभिन्न ढंगले सरकार चलाउनेहरु पनि एक वा अर्को रुपमा, एउटा वा अर्को हदसम्म जिम्मेवार थिए।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























