चितवन विशेष

भारतको मेदान्त अस्पतालसंग चितवनको नारायणी सामुदायिक अस्पतालको सहकार्य

Banner

चितवन,साउन १९-

भारतको लखनउमा रहेको मेदान्त अस्पताल र चितवनको नारायणी सामुदायिक अस्पतालबिच सहकार्यका लागि सम्झौता भएको छ । नारायणी सामुदायिक अस्पतालका अध्यक्ष डा.भक्तमान श्रेष्ठ र मेदान्त अस्पतालका मेडिकल डाइरेक्टर डा.राकेश कपुरले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता पश्चात नारायणी सामुदायिक अस्पतालबाट रिफर भएका विरामीहरुले मेदान्तमा बिशेष छुट प्राप्त गर्नेछन । किड्नी प्रत्यारोपण लगायतका जटिल प्रकारका शल्यक्रियामा अस्पतालले छुट दिनेछ । आवश्यक परेको खण्डमा अनलाइन मार्फत पनि नारायणी सामुदायिक अस्पताल आउने विरामीलाई मेदान्त अस्पतालका विषेशज्ञले सेवा प्रदान गर्ने अस्पतालका संचालक चुडामणि खनालले जानकारी दिनुभयो ।

यसअघि जटिल प्रकारको रोगका विरामीलाई यहाँबाट भारतको राजधानी दिल्ली रिफर गर्ने गरिएको थियो । लखनउ नेपालबाट नजिकै पर्ने भएकाले विरामीको सुविधाका लागि सम्झौता गरिएको खनालले बताउनुभयो । मेदान्त अस्पतालका विशेषज्ञ चिकित्सकहरुले नारायणी सामुदायीक अस्पतालका चिकित्सक र नर्सलाई तालिम समेत दिनेछन । सो अवसरमा अस्पताल नारायणी सामुदायीक अस्पतालका संचालक बाबुराम उपाध्याय, विष्णु कुंबर लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>