Breaking News
दार्चुला घटनामा भारतसँग औपचारिक विरोध जनाइयोस्ः पूर्वमन्त्री ठगुन्ना
०

काठमाडौं,साउन १९-
प्रमुख विपक्षी नेकपा एमालेले दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा एक नेपाली बेपत्ता भएको प्रकरणमा भारतसमक्ष औपचारिक विरोध जनाउन सरकारको ध्यानाकर्षण गराएको छ । दार्चुलाबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले मंगलबार प्रतिनिधिसभा बैठक शुरू हुनासाथ तुइन प्रकरणबारे सरकारले भारतसामू विरोध जनाउनुपर्ने बताएका हुन् ।
एमाले संसदीय दलको तर्फबाट बोलेका ठगुन्नाले दार्चुला घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन समेत माग गरेका छन् । तुइन काटिँदा जयसिंह धामी बेपत्ता भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























