Breaking News

दार्चुला घटनाबारे सत्यतथ्य बुझ्ने काम भइरहेको छः गृहमन्त्री

Banner

काठमाडौं,साउन १९-

गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घटनाबारे सत्यतथ्य बुझ्ने काम भइरहेको बताएका छन्। गत साउन १५ गते महाकाली तर्ने क्रममा तुइनबाट व्यास २ का ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए। भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटेको भन्दै दार्चुला प्रहरीमा निवेदन परेको छ।

यसबारे सत्यतथ्य बुझ्न गृह मन्त्रालयबाट सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको र उक्त टोली आज घटनास्थलतर्फ गएको गृहमन्त्री खाणले बताए। आज प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले उक्त घटनाबारे जानकारी माग गरेको थियो भने सो घटनाबारे औपचारिक रूपमा विरोध जनाउन माग गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>