Breaking News

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

Banner

काठमाडौं,साउन १९-

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। झण्डै दुई दशक राष्ट्रिय टिमबाट खेलेका खड्काले मंगलबार बिहान ट्विटरमार्फत् सन्यासको घोषणा गरेका हुन्।

उनले सन्यास लिएको जानकारी दिँदै नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको बताएका छन्। लामो समय नेपाली टोलीको कप्तानी गरेका खड्काले दुई वर्षअघि कप्तानबाट राजीनामा दिएका थिए ।

खड्काले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि नेपाली क्रिकेटमा भने आफ्नो सपना अझै बामे सर्दै गरेको उल्लेख गरेका छन्। सन् २००२ मा आफू १५ वर्षको हुँदा क्रिकेट यात्रा सुरु गरेको स्मरण गर्दै खड्काले आफ्ना खेलाडी साथी, प्रशंसक, परिवारसहित सम्पूर्णमा कृतज्ञता व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>