Breaking News

ओली पक्षीय स्थायी कमिटी बैठक: महाधिवेशन कार्यतालिका परिमार्जनको प्रस्ताव

Banner

काठमाडौं, साउन १७ –

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको स्थायी कमिटीमा विधान अधिवेशन र महाधिवेशन कार्यतालिका प्रस्ताव गरिएको छ । आज भएको स्थायी कमिटी बैठकले भदौ २७२८ मा विधान अधिवेशनको प्रस्ताव गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिएका हुन् ।

बैठकले ३ असोजमा देशभरका वडा अधिवेशन र ९ असोजमा स्थानीय तहको अधिवेशन गर्ने प्रस्ताव पनि गरेको छ । यो प्रस्ताव पारित गराउन २४ साउनमा केन्द्रीय कमिटी बैठक बोलाइएको छ । संगठित सदस्यता नवीकरण २७ साउनभित्र सक्ने पनि बैठकले निर्णय गरेको छ ।

विधान अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव, ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन र विष्णुप्रसाद पौडेलले विधान संशोधन मस्यौदा तयार पार्ने भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>